विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भइ जेल बसेर छुटेका अभिषेक गिरी अझै पनि कानुनविपरीतका गतिविधिमा संलग्न भइरहेको पाइएको छ ।
अपराधिक पृष्ठभूमिका गिरी आफूलाई समाजसेवी र राजनीतिक कार्यकर्ता भएको दाबी गर्छन् । तर, त्यही समाजसेवा र राजनीतिको आवरणमा असुली धन्दा मच्चाइरहेका छन् । नेपाली कांग्रेसद्वारा संरक्षित विराटनगरका गिरी विवादास्पद छवि भएका गुन्डानाइकेको रूपमा परिचित छन् ।
कोशी सुधार अभियान भन्दै उनले विभिन्न क्षेत्रको अनुगमन गरेर आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्छन् । आफू चैं सुध्रिएका छैनन् । गिरीको अभियानमा जोडिएकामध्ये केही युवाहरु अपराधिक पृष्ठभूमिकै छन् । जेल भुक्तान गरेर छुटेका उनीहरु गिरीको साथमा सुधार अभियान भनेर हिँड्छन् । तर, उनीहरुकै पृष्ठभूमि चैं खराब छ ।
आम्दानीको देखिने स्रोत केही छैन । तर, फुर्तीफार्तीसहित उच्च जीवनशैली अपनाएको पाइन्छ । हरेक क्षेत्रमा कम्तीमा ७–८ जना सहयोगीसहित भेटिने गिरी सामाजिक कार्यमा देखिन थालेको प्रचार हुन थालेपछि अपराधकर्म छाडेको अनुमान थियो । तर, उनले गुन्डागर्दीको पुरानै शैली अपनाउँदै मिटरब्याज र असुलीको धन्दा चलाइरहेको केही दिनअघिको घटनाबाट पुष्टि हुन्छ ।
अभिषेक गिरी ।
लेनदेन विवादमा पूर्वसहकर्मी (व्यावसायिक साझेदार)लाई प्रहरी लगाएर पक्राउ गर्दै गिरीले जबरजस्ती ३० लाखको चेक लिएको घटना बाहिर आएको छ । उनी विराटनगर महानगरपालिका–१५ का अनिल चौधरीसँग व्यावसायिक साझेदार थिए । सरकारी कार्यालयले लिलामी गर्ने सामग्री खरिद गरेर उनीहरुले बिक्रीको काम गर्थे ।
सम्बन्ध बिग्रिएपछि प्रहरी लगाएर साउन १३ गते चौधरीलाई पक्राउ गराए । उनका बुवालाई बोलाएर प्रहरीले ३० लाख तिर्न लगायो । पैसा नभएसँगै बैंकको चेक काट्न लगाइयो । चेक दिएपछि मात्रै मिलापत्र गरेर भोलिपल्ट चौधरी हिरासत मुक्त भएका थिए ।
गिरीले आफ्नोमा नभइ दिदी अर्पणा तुलाधर संचालक रहेको अन्नपूर्ण आयल सप्लायर्सको नाममा चेक काट्न लगाएका थिए । पीडित पक्षका अनुसार तुलाधर र गिरी दिदी–भाइ हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेत उजुरी परेपछि चौधरीलाई नियन्त्रणमा लिइएको बताउँछन् । ‘उनीहरुको लेनदेन रहेछ । पैसा नतिरिकन धाकधम्की दिएको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय रानीले चौधरीलाई नियन्त्रणमा लिएको हो,’ उनी भन्छन्, ‘उनीहरुको व्यवहार चैं कसरी मिल्यो भनेर थाहा भएन । तर, दुवै पक्ष मिलेर गइसके ।’
गिरीले आफ्नोमा नभइ दिदी अर्पणा तुलाधर संचालक रहेको अन्नपूर्ण आयल सप्लायर्सको नाममा चेक काट्न लगाएका थिए । पीडित पक्षका अनुसार तुलाधर र गिरी दिदी–भाइ हुन् । अन्नपूर्णमा गिरीको लगानी छ ।
रिटमाथि सुनुवाइ गर्दै भदौ १९ गते मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।
प्रहरीले दबाब दिएर ३० लाखको चेक दिन लगाएको भन्दै अनिलका बुवा ओमप्रकाश चौधरीले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् । उनले जबरजस्ती चेक लगेको भन्दै रद्ध गरिदिन आग्रह गरेर बैंकलाई पनि पत्र लेखेका छन् । गिरीलाई रकम तिर्न बाँकी नहुँदा पनि बारम्बार मानसिक ‘टचर’ र धम्की दिइरहेको गुनासो चौधरी परिवारको छ ।
गिरीको दबाब सहन नसकेपछि उच्च अदालत विराटनगरमा निषेधाज्ञाका लागि रिट निवेदनसमेत दिए । रिटमाथि सुनुवाइ गर्दै भदौ १९ गते मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।
उच्चले अन्तरिम आदेश भने जारी गरेन । उच्च अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार रिटमाथिको पूर्ण सुनुवाइ बाँकी छ ।
प्रहरी स्रोतका अनुसार गिरी र चौधरी दुवै विवादास्पद छविका हुन् । उनीहरुले भन्सारलगायत सरकारी कार्यालयले लिलाम गर्ने सामग्री उठाउने काम गर्थे ।
चौधरीले गिरीसमेत ६ जनाका नाममा परमादेशसहितको निषेधाज्ञा माग गरेर रिट दायर गरेका थिए । जसमा सप्लायर्स र संचालक अर्पणा तुलाधर, प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश यादव, इलाका प्रहरी रानी र जिल्ला प्रहरी मोरङसमेतलाई विपक्षी बनाइएको छ ।
प्रहरी स्रोतका अनुसार गिरी र चौधरी दुवै विवादास्पद छविका हुन् । उनीहरुले भन्सारलगायत सरकारी कार्यालयले लिलाम गर्ने सामग्री उठाउने काम गर्थे । उनीहरुको ‘पाटनरसीप’ गिरी जेलमा हुँदादेखि नै थियो । तर, पछिल्लो समय चौधरी ऋणमा डुबेका थिए । त्यसपछि उनीहरुको सम्बन्ध बिग्रियो ।
गिरीले आफ्नो ३० लाख पाउनुपर्ने दाबी गर्दै तिर्नलाई दबाब दिन थाले । तर, चौधरीले टारिरहे । प्रहरीले साउन १३ गते चौधरीलाई पक्राउ गरेर १४ गते छाड्यो । त्यसपछि चौधरीका बुवाले उच्च अदालतमा रिट दायर गरेका हुन् ।
‘मैले उहाँलाई दिनु हैन, बरु कम्पनीलाई उहाँले पैसा तिर्नुपर्नेछ,’ चौधरीले भने, ‘तर, मलाई पक्राउ गरेर बुवासँग ३० लाखको चेक लिएपछि मात्रै प्रहरीले छाड्यो ।’ त्यसपछि पनि गिरीको समूहका सदस्यले आफूलाई मानसिक ‘टचर’ र धम्की दिइरहेको उनले बताए ।
यो घटनाबाट पनि गिरीले समाजसेवाको आवरण र राजनीतिक संरक्षणमा गुण्डागर्दीको राज चलाउन खोजिरहेको प्रष्ट हुने प्रहरी अधिकारीहरु बताउँछन् ।
यो घटनाबाट पनि गिरीले समाजसेवाको आवरण र राजनीतिक संरक्षणमा गुण्डागर्दीको राज चलाउन खोजिरहेको प्रष्ट हुने प्रहरी अधिकारीहरु बताउँछन् । गिरीले मिटरब्याजदेखि ठेक्कापट्टाका नाममा अवैध धन्दा चलाइरहेको आरोप छ । मिटरब्याजबाटै अकुत सम्पत्ति आर्जन गरेको निकटस्थ बताउँछन् । उनले जोडेको सम्पत्तिको छानबिन हुनुपर्ने आवाज पनि उठिरहेको छ ।
जेलबाट छुटे पनि मोरङ कारागारको भित्री प्रशासन उनकै कब्जामा रहेको कैदीबन्दीहरु बताउँछन् । कारागारमा चौकीदार हुँदा कैदीबन्दीलाई चरम यातना दिएको र उनीहरुसँग ठूलो रकम असुलेको आरोप लाग्दै आएको थियो ।
आन्दोलनमा मिसिएका गिरीले सफारी चालकको पक्षमा कुरा राखे । जबकि कानुनले राजमार्ग बन्द गर्न रोक लगाएको छ ।
अहिले पनि गिरीकै निर्देशनमा कैदीबन्दीलाई चरम यातना दिएर पैसा असुल्ने काम हुने एक कैदीले बताए । केही दिनअघि विराटनगरको बरगाछीमा सीटी सफारी चालकले कोशी राजमार्ग बन्द गराए । आन्दोलनमा मिसिएका गिरीले सफारी चालकको पक्षमा कुरा राखे । जबकि कानुनले राजमार्ग बन्द गर्न रोक लगाएको छ ।
कांग्रेसआबद्ध गिरीको अवैध र कानुनविपरीतका गतिविधिमा राजनीतिकसँगै स्थानीय प्रशासनले पनि साथ दिइरहेको आरोप छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई गिरीका गतिविधिमाथि निगरानी बढाइएको बताउँछन् । ‘कानुनविपरीतका गतिविधि गरिरहेको सूचना छ,’ उनले भने, ‘तथ्यगत रूपमा नआएकाले कारबाही अघि बढाउन सकिएको छैन ।’
गिरी भने सामान दिने भनेकाले आफ्नो कम्पनीबाट चौधरीको कम्पनीमा पैसा हालेको बताउँछन् । ‘सामान पाइएन । पैसा पनि फिर्ता भएन । त्यसपछि चेक दिएको हो । पैसा फिर्ता दिन नपरोस् र बदनाम पनि गरौं भनेर लाग्यो । चेकको विषयमा चैं मुद्दा अगाडि बढ्ने भयो,’ उनले भने, ‘मेरो मात्रै हैन, अरु थुप्रैको पैसा खाइदिएको छ । त्यस्ता धेरै मुद्दा छन् । विराटनगरमा पनि मुद्दा छ । प्रहरीले पक्राउ गर्छ होला । कारबाही हुन्छ होला ।’
तिर्नुपर्ने पैसा माग्न जाने मान्छेलाई चौधरीले कुटपिट गर्ने गरेको गिरीको दाबी छ । ‘मान्छेको पैसा खाने, झुट बोल्ने र माग्न जाँदा कुटपिट गर्ने गरेको छ । प्रहरीले उसलाई कुरा बुझ्नका लागि बोलाएको थियो । पैसा लिएर नतिर्ने हो भने म पनि लिन्छु, अनि नतिर्दा हुन्छ ?’ उनी भन्छन् ।
मिटरब्याजको प्रसंग उठाउँदा भने गिरी रिसाउँछन् । सबै ‘हिस्ट्री’ थाहा छ भन्दै पत्रकारमाथि धम्कीपूर्ण भाषा प्रयोग गर्छन् । आफूले कारागार सुधारका लागि काम गरिरहेको उनको दाबी छ ।
चौकीदारको सुविधा लिएर छुटेका गिरी
आफ्नी प्रेमिकालाई प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती रकम मागेको घटनामा संलग्न गिरीसहित ४ जना २०७० सालमा पक्राउ परेका थिए । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर फिरौतीबापत १० लाख लिएको प्रकरणमा दोषी ठहर भएका गिरीलाई राजनीतिक दबाबमा मोरङ कारागार ल्याएर चौकीदारको जिम्मेवारी दिइयो । मोरङ कारागार चौकीदारका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको सहयोग लिएर उनी मोरङ आउन सफल भए ।
जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेसँगै २०७४ चैतमा डिल्लीबजार कारागार सारिएको थियो । पछि मोरङ ल्याएर पुनः चौकीदार बनाइयो । साधारणतया जेलभित्र अपराध धन्दा चलाउने व्यक्तिलाई पुनः त्यही कारागारमा पठाइँदैन ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको सहयोग लिएर उनी मोरङ आउन सफल भए । कांग्रेसका अन्य नेताको समेत साथ पाएका गिरी रातारात मोरङ आएका थिए ।
कारागारभित्र चौकीदार बन्न असल चालचलन भएको हुनुपर्छ । तर, जेलभित्रबाटै अपराधिक धन्दा मच्चाउने गिरीले ‘खराब आचरण’ हुँदा पनि त्यो अवसर पाइरहे ।
कारागारभित्र कैदीहरूको व्यवस्थापन, औषधी–उपचार, खाद्यान्न आपूर्तिलगायतको भूमिका चौकीदारको हुन्छ । उसले जेलभित्र पसल र मेस चलाउने, खाद्यान्न आपूर्ति गराउने जिम्मा पाउँछ । यसबाट निकै राम्रो आम्दानी हुने भएकै कारण कांग्रेससँग निकट रहेका गिरी नेताहरूलाई प्रयोग गरेर जेलभित्रको चौकीदार हत्याउन पटकपटक सफल भएका थिए ।
कारागारभित्र चौकीदार बन्न असल चालचलन भएको हुनुपर्छ । तर, जेलभित्रबाटै अपराधिक धन्दा मच्चाउने गिरीले ‘खराब आचरण’ हुँदा पनि त्यो अवसर पाइरहे । कारागारभित्र आतंक मच्चाए । चौकीदारले १ वर्षमा २ महिना बराबरको कैद छुट पाउने व्यवस्था छ ।
उनी सजाय भुक्तान गरेर २०७९ चैतमा कारागारबाट छुटेका हुन् । तर, चौकीदारको सुविधासहित छुटेका उनी अहिले विभिन्न गैरकानुनी गतिविधि र कानुनले अपराध मानेका धन्दामा संलग्न छन् । तर, उनको अवैध धन्दा नियन्त्रणमा चासो नदिनुले सरकार नै उनको संरक्षणमा लागेको प्रष्ट हुने सरोकारवाला बताउँछन् ।
यस्तो छ अपराधिक पृष्ठभूमि
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको थियो । जेलभित्रै हुँदा २०७५ सालमा सफाइ पाएका थिए । तर, उनले पछिल्लो समयसमेत अकुत सम्पत्ति आर्जन गरेको निकटस्थहरु बताउँछन् । धेरैजसो सम्पत्ति उनले आफन्त र नातेदारको नाम राखेको बताइन्छ ।
गिरीविरुद्ध कर्तव्य ज्यान मुद्दासमेत चलेको थियो । २०६५ सालमा तत्कालीन जिल्ला विकास समितिमा टेण्डर लुट्न जाँदा भएको झडपमा करण यादव मारिएका थिए । त्यो घटनामा मुद्दा चलेपनि उनकै समूहका १ जनाले घटनाको जिम्मा लिँदै अदालतमा बयान दिएपछि सफाइ पाएर गिरी जेलमुक्त भए ।
नुवाकोट जेलमै रहेका सशस्त्र समूहका छोटा राजनको समूहसँग मिलेर ‘कल बाइपास’ गरी मोरङका व्यापारीलाई धम्क्याउँदै पैसा मागेको आरोप गिरीलाई लाग्यो ।
तर, केही समयमै गिरीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलेको हो । करण यादवको हत्यामा केन्द्रीय कारागारमा रहँदा पनि उनी आपराधिक गतिविधिमा सक्रिय रहेको प्रहरी बताउँछ । काठमाडौंका व्यवसायी ध्यानगोविन्द वैद्यको अपहरण योजना बनाएको खुलेपछि केन्द्रीय कारागारबाट उनलाई नुवाकोट सारियो । त्यहाँबाट पनि उनले आफ्नो धन्दा छाडेनन् ।
नुवाकोट जेलमै रहेका सशस्त्र समूहका छोटा राजनको समूहसँग मिलेर ‘कल बाइपास’ गरी मोरङका व्यापारीलाई धम्क्याउँदै पैसा मागेको आरोप गिरीलाई लाग्यो । प्रहरीले जेलमा छापा मार्दा ‘कल बाइपास’का सामग्री फेला पारेको थियो । सुनसरीको झुम्का कारागारमा हुँदा गिरीले २०६६ सालमा पर्शुराम बस्नेतलाई गोली हान्न लगाएको सुरक्षा स्रोतले बतायो ।