
झापा । झापाको शिवसताक्षी नगरपालिका–८ मा बिहीबार राति दाइले आफ्नै भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दाजु ४५ वर्षीय नारायण सिटौलाले भाइ ४१ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेका हुन् । रामप्रसाद आफ्नै घरको बलेसीमा लडिरहेको अवस्थामा राति ९ बजेतिर मृत फेला परेका थिए ।
टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ । घटना शंकास्पद देखिएपछि प्रहरीले मृतकका दाजु नारायणलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
उनले नै भाइको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























