
विराटनगर । भारतको विहार र मोरङका उद्योगी व्यवसायीबीच भेटघाट तथा उद्योग, व्यापारका विषयमा छलफल भएको थियो ।
मोरङ उद्योग व्यापार संघमा आएका विहार इण्डष्ट्रिज एशोसिएशन पटना रुपेशकुमार सिंह, कोषाध्यक्ष मनिष कुमारलगायतका प्रतिनिधिहरुसँग संघका पदाधिकारीले भेटघाट गर्दै दुवै देशमा उद्योग, व्यापारमा परेका समस्याबारे छलफल भएको थियो ।
छलफल तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, पूर्वअध्यक्ष प्रकाश मुन्दडालगायत संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।



















