
विराटनगर । सुन बजार मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ५९ हजार २००रुपैयाँ पुगेको छ। यो मुल्य हालसम्मकै उच्च हो ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको छ ।



















