
विराटनगर । जिन्दगानी प्यारो लाग्छ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक कुमार दवाडीको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो दवाडीकै युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।
सो गीतको रचना डा. कृष्णहरि बरालले गरेका हुन् । दीपक भट्टराईले संगीत दिएको भिडियोको निर्देशन युवराज वाइवाले गरेका छन् ।
म्युजिक भिडियामा रिवाज गौतम र दिपीका साहले अभियन गरेका छन् ।



















