कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १९:४६

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा. सुनीलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै शर्माले कांग्रेसको नेतृत्व र आम नागरिकबीचको दूरी घटाउँदै गाउँ तथा दूरदराजका नागरिकका आवाज पार्टीको केन्द्रसम्म पुर्‍याउने मुख्य एजेन्डासहित महामन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् । मोरङ–३ बाट अत्यधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित शर्माले कांग्रेसलाई काठमाडौंमा सीमित नेतृत्व र निर्णय प्रक्रियाबाट बाहिर निकालेर देशभरका कार्यकर्ता तथा नागरिकसँग प्रत्यक्ष जोड्ने आवश्यकता औँल्याए ।

पार्टीको राजनीतिक एजेन्डा बनाउँदा गाउँका नागरिकले भोगिरहेका वास्तविक समस्या, दैनिक आवश्यकता र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । शर्माले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पूर्वाधार तथा सामाजिक सुरक्षाजस्ता जनसरोकारका विषयलाई कांग्रेसको राजनीतिक बहसको केन्द्रमा लैजाने बताएका छन् ।

उनले गाउँमा बस्ने नागरिकले राज्यबाट पाउनुपर्ने आधारभूत सेवा सहज रूपमा पाउने अवस्था निर्माण गर्न पार्टीले स्पष्ट नीति र प्रभावकारी पहल गर्नुपर्ने धारणा राखेका छन् । उनको अर्को प्राथमिकता पार्टी संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउने रहेको छ ।

वडा, पालिका, प्रदेश र जिल्लास्तरका कार्यकर्ताको भूमिका बलियो बनाउँदै उनीहरूका सुझाव र गुनासो केन्द्रसम्म पुर्‍याउने संयन्त्र आवश्यक रहेको शर्माले बताएका छन् । पार्टीभित्र निर्णय प्रक्रियामा कार्यकर्ता र जनप्रतिनिधिको सहभागिता बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा २०५४ सालदेखि कांग्रेस राजनीतिमा छन् । १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी पछिल्लो समय पार्टीभित्र सक्रिय युवा नेताका रूपमा देखिँदै आएका छन् ।

महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्दै शर्माले कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोडिएको, गाउँका समस्या सुन्ने र ती समस्यालाई राष्ट्रिय नीतिको विषय बनाउने राजनीतिक शक्तिका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । कांग्रेसको आइतबारबाट सुरु हुने १५औँ महाधिवेशनमा नेतृत्व तथा पदाधिकारीका आकांक्षीहरूले आफ्नो दाबी सार्वजनिक गर्ने क्रम बढिरहेका बेला शर्माको महामन्त्री पदको घोषणालाई पनि पार्टीभित्रको प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×