
उदयपुर । अटो टेम्पोमा नियन्त्रित औषधि फेला परेसँगै उदयपुरबाट बुधबार राति २ जना पक्राउ परेका छन् ।
प्रहरी चौकी लालपत्ताको टोलीले त्रियुगा नगरपालिका–६ बाट त्रियुगा–३ का ४४ वर्षीय राजेश श्रेष्ठ र त्रियुगा–११ का २६ वर्षीय धीरज खड्कालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये श्रेष्ठ प्रदेश १–०५–००१ ह ०१५३ नम्बरको अटो टेम्पोका चालक हुन् । खड्का अटोमा सवार थिए ।
प्रहरीले अटोलाई खानतलासी गर्दा डाइजापाम, फेनारगन र बुप्रिनोर्फिन गरेर ५६ एम्पुल नियन्त्रित औषधि बरामद भएको थियो । पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान अघि बढाएको छ ।

























