धनुषा । जनकपुरबाट प्रहरीले २ सय २१ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । गाँजासहित एक जना पक्राउ परेका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ का२४ वर्षीय प्रकाश लुङ्गवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चेकजाँचको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा आयलस सेन्टरनजिकबाट ना ५ ख १७७ नम्बरको मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
१६ वटा पोका बनाएर त्यही ट्रकमा लुकाइछिपाइ ल्याउँदै गरिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।