
झापा । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेची पुलबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले कनकाई नगरपालिका–६ का ३४ वर्षीय विक्रम हस्दालाई शनिबार साँझ पक्राउ गरेको हो । भारतबाट पैदल नै नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो ।
उनको साथबाट ५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ । हस्दामाथि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।

























