रवि लामिछानेलाई तत्काल बुटवल नलगिने, केही दिन कास्की प्रहरीकै हिरासतमा राखिने

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार १६:२५

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि तत्काल बुटवल नलगिने भएको छ ।

अब केही दिन उनी कास्की प्रहरीकै हिरासतमा रहने छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न मंगलबार (आज) थप १० दिनको म्याद दिएको छ ।

लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । अनुसन्धानका लागि दोस्रोपटक थप गरिएको म्याद कात्तिक १५ गते नै सकिएको थियो । तर, तिहार बिदा भएकाले तेस्रोपटक म्याद थप गरिएको थिएन । प्रहरीको हिरासतमै राखिएको थियो ।

यसअघि थप गरिएको म्याद सकिएकै दिनदेखि गणना हुने गरी पुनः तेस्रोपटक म्याद थप भएको अदालतका सूचना अधिकारी अधिकारी सुरज अधिकारीले बताए । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको म्याद मागेको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ । पहिलोपटक ७ दिन र दोस्रोपटक ८ दिनको म्याद थप भएको थियो । उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पार्टी सभापति लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलित छ । लामिछानेलाई अदालत लैजाने क्रममा आज पनि रास्वपाका नेता कार्यकर्ताले पोखरामा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

कास्की अदालतले थप अनुसन्धानका लागि म्याद नदिए लामिछानेलाई बुटवल लैजाने प्रहरीको तयारी थियो । जिल्ला अदालत रुपन्देहीले यसअघि नै पक्राउ अनुमति दिइसकेको छ ।

त्यसका आधारमा रुपन्देही प्रहरीले लामिछानेलाई उपस्थित गराउन कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीको अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको थियो ।

तर, कास्की अदालतले अनुसन्धानका लागि म्याद दिएपछि तत्काल उनलाई बुटवल नलगिने भएको छ । कास्कीमा अनुसन्धान सकिएपछि मात्रै बुटवल लगिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.