बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार ०६:३०

सुनसरी । सुनसरीको बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको जानकी गाउँपालिका–९ मोतिनगर निवासी २० वर्षीया सुकृति कर्ण रहेकी छन् । उनी आइतबार साँझ करिब ७ः१५ बजेतिर बराहक्षेत्र नगरपालिका–६ स्थित भित्री सडकखण्डमा मोटरसाइकलबाट खसेर घाइते भएकी थिइन् ।

बोराबाँधबाट चक्रघट्टीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५१ प ६६८९ नम्बरको बजाज मोटरसाइकलमा पछाडि सवार कर्ण अचानक सडकमा खसेकी थिइन् । लड्दा उनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो ।

घाइते कर्णलाई तत्काल महेन्द्रनगरस्थित नगर अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो । उपचारकै क्रममा सोमबार दिउँसो १ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका–६ बसपार्क निवासी ३१ वर्षीय दयानन्द दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार तीव्र गतिमा मोटरसाइकल चलाउँदा चालकले सडकमा ध्यान नदिएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.