
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ ।
२५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार भने तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको थियो ।

























