
विराटनगर । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ७.३३ अंकबाट घटेर २५८८.६२ विन्दुमा झरेको हो ।
बजार परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ।
अघिल्लो दिन बुधबार ५ अर्ब ८२ करोडको शेयर खरिदबिक्री भएको थियो । बिहिबार ५ अर्ब ९३ कराड ३७ लाख ११ हजार रुपैयाँबराबरको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।

























