कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १०:१६

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी तोकिएको छ ।

सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई बढुवा गरी प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी रहेको र त्यसबाट आफू अन्यायमा परेको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तिहार तथा छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत नियमित सञ्चालनमा आएसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि आज प्रारम्भिक सुनुवाइका लागि पेशी तोकेको हो ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.