
विराटनगर । हाजी स्टोर विराटनगरले मोटोरोला कम्पनीको मोबाइल विराटनगरमा सार्वजनिक गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै हाजीले मोटोरोलाको जी ४५, जी ६४ र जी ८५ माेडलका स्मार्टफाेन सार्वजनिक गरेकाे हाे ।
हाजी स्टोरका सञ्चालक खुर्सिद आलमले विराटनगरमा आधिकारिक वितरकको रुपमा मोटोरोलाको मोबाइल लन्च गरेको बताए ।
‘चौधरी ग्रुप’ले नेपालमा मोटोरोला कम्पनीको फोन भित्र्याएको थियो ।
मोटोरोलाको नयाँ जी ४५ सिरिजको मोबाइल नेपाली बजारमा २४९९९ रुपैयाँ पर्छ । जी ६५ काे ३०९९९ र जी ८५ सिरिजकाे माेबाइलकाे मुल्य ३४४९९ देखि ३७४९९ सम्म पर्नेछ ।
माेबाइल फाेनमा केहीसमयपछि किस्ताबन्दीकाे सुविधा पनि स्टाेरले जनाएकाे छ ।

























