विराट एक्स्पोः विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ पेभिलियन’

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३, बिहीबार १८:४९

विराटनगर । विराटनगरको डिग्री क्याम्पस मैदानमा माघ ११ गतेदेखि हुने ८ औं विराट एक्स्पोमा विद्यार्थीहरुका लागि छुट्टै ‘पेभिलियन’ रहने छ ।

एक्स्पो औद्योगिक र व्यवसायिकसहित सबै क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।

एक्स्पोले औद्योगिक र व्यवसायिक दक्ष जनशक्तिको उत्पादनदेखि रोजगारीका लागि विदेश जान चाहने जनशक्तिलाई स्वदेशमै रोकेर रोजगारीको सिर्जनाको प्रयत्न गर्ने बताइएको छ ।

एक्स्पोमा विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ पेभिलियन’को व्यवस्था गरिएको छ । एक्स्पो अवधिभरमा करिब २ हजार ५ सय विद्यार्थीले प्रत्यक्ष रुपमा ‘करिअर काउन्सिलिङ’मा भाग लिने अपेक्षा गरिएको छ ।

एक्स्पोले विशेष गरेर विद्यार्थीका लागि ‘बीटुबी पेभिलियन’ र यसअन्तर्गतका विभिन्न कार्यक्रम, ‘स्टार्टअप पेभिलियन’मा रहेको ‘भिजन कोशी ह्याकाथन’, रोजगार कोशी ‘पेभिलियन’मा रहेको ‘करिअर काउन्सिलिङ’, श्रमको माग र आपूर्तिको शृङ्खला बुझाउने कक्ष, ‘जब ब्रिज’, लाइभ तालिम अवलोकनका बारेमा छुट्टाछुट्टै छलफल तथा जानकारी गराउने छ ।

‘प्लस टु’ र त्योभन्दा माथी अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको यस कार्यक्रममा एक्स्पो अवधिभर २ हजार ५ सय विद्यार्थीलाई ‘करिअर काउन्सिलिङ’ गर्ने र उनीहरुलाई स्वदेशमै रोजगारी गर्न आकर्षित गर्ने उद्योग संगठन मोरङले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.