चेतना प्रतिष्ठानको वक्तृत्वकलामा रञ्जना प्रथम

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ५, शनिबार १८:१२

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आयोजनामा भएको अन्तर सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श उच्च माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् ।

विराटनगर–११ को सहयोगमा आयोजित प्रतियोगितामा ११ सामुदायिक विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दैै रञ्जना प्रथम भएकी हुन् । ‘युवा शक्ति विदेश पलायनले समाजमा पारेको असर’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा पोखरिया माविकी छात्रा सिमरन सफल मैनाली द्वितीय भइन् ।

त्यस्तै, सत्यनारायण माविकी छात्रा उमा न्यौपाने तृतीय हुँदा मिल्स माविका रोहित बैठाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

साहित्यकार हरि कट्टेल र स्वीकृति रेग्मी मुनाको निर्णायक समितिले विजेताहरुको नाम घोषणा गरेको थियो ।
विजेता विद्यार्थीलाई क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय र ७ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापापागाईंलगायतले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.