विराटनगर । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
शिक्षक पदको गत असार २२ गते (सामान्य) र भदौ २९ गतेको (विषयगत) परीक्षामा सहभागी भएकाहरूको नतिजा प्रकाशित गरिएको आयोगले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।
आयोगले सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाएको र विस्तृत विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख गरेको छ ।

























