वरिष्ठ पत्रकार किशोर नेपाललाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार 

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार २०:१६

विराटनगर । नोना कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल सम्मानित भएका छन् ।

नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसरमा सोमबार (आज)विराटनगरमा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला र प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाले नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरे ।

प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि वरिष्ठ पत्रकार प्रतीक प्रधान, युवराज घिमिरे, हरिबहादुर थापा, धर्मेन्द्र झा र विष्णु निष्ठुरीलगायत प्राप्त गरिसकेका छन् ।  

सो अवसरमा बोल्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको बताएका छन् । 

उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिँडिरहेको टिप्पणी गरे । तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताए । 

अहिले राजनीतिलाई व्यवसायिकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो, डा. कोइरालाले भने, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरु छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो । जनप्रतिनिधिहरू लोभ र लालचमा फस्न हुँदैन ।’

सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याइएकोमा आपत्ति जनाए । उनले संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको टिप्पणी गरे ।

हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । उनले भने, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाइको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’ 

कार्यक्रममा बोल्ने वक्ताहरूले नोना कोइराला त्याग र समर्पणको प्रतीक भएको बताएका थिए ।

प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालाले विराटनगरको आदर्श मावि, आदर्श बालिका विद्यालयलगायत शैक्षिक संस्थाहरूको स्थापना र विकासमा नोना कोइरालाको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् ।

उनले नोना कोइरालाले महिलाहरू आत्मनिर्भर र स्वाभिमानपूर्वक बाँच्नुपर्छ भन्ने गरेको बताइन् । 

यसैगरी नेपाल महिला संघ मोरङले नोना कोइरालाको स्मृतिमा महेन्द्र चोकमा दीप प्रज्वलन गरी मनाएको छ । 

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.