पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार १९:४९
प्रतीकात्मक तस्बिर

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थित कोशी ब्यारेजमा पटकाबाट निकालिएको बारुद चुलोमा हाल्दा एक बालक जलेर घाइते भएका छन् ।

सोमबार बिहान स्थानीय पवन मण्डलका १३ वर्षीय छोरा धर्मेश कुमार मण्डलले पटाकाबाट बारुद निकालेर चुलोमा हाल्ने क्रममा अचानक आगो सल्किएको थियो । आगोले उनको अनुहार जलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते बालकको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । परिवारका अनुसार उनी बोल्न सक्ने अवस्थामा छैनन् । प्रहरीले चिकित्सकलाई उद्धृत गर्दै बालकको अनुहारको करिब पाँच प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.