चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १८:२४

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न विधाका पुरस्कारको घोषणा गरेको छ । 

प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कारको घोषणा गरेको हो । १ लाख ५१ हजार नगद राशिको धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरिने भएको छ ।

Advertisement

बालकिशन / नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ), ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार इन्दिरा राना मगर (झापा)लाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिइन् । राना मगर प्रतिनिधिसभाकी उपसभामुखसमेत हुन् । पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । 

त्यस्तै ५१ हजार राशिकै नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), भूपेन्द्र शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौं), डा. नरेन्द्र / योगमाया / भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ / मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्गा) लाई प्रदान गरिने भएको छ ।

साहित्यबाहेक सबै पुरस्कारको राशि जनही ५१ हजार रहेको अध्यक्ष सुवेदीले बताइन् । सुवेदीका अनुसार घोषित सबै पुरस्कार यही माघ २६ गते प्रदान गरिने छ । 

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.