विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले ३ वटा पुरस्कारको स्थापना गरेको घोषणा गरेको छ ।
साहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा ३ वटा राष्ट्रिय पुरस्कारको स्थापना गरेको हो । मुक्तक दिवसको अवसरमा प्रतिष्ठानले विराटनगरमा मुक्तक वाचन कार्यक्रम गर्दै साहित्य–पुरस्कारहरू स्थापनाको घोषणा गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलले अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी ३ वटा पुरस्कार स्थापना भएको जानकारी दिए ।
उनका अनुसार मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति साहित्य पुरस्कारको राशि ११ हजार १ सय ११, मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट स्थापित माधव–नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कारको राशि ११ हजार १ एक ११ र साहित्यकार सीताराम पोखरेलबाट स्थापित नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १५ हजार रहेको छ ।
कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले अक्षयकोष स्थापनाको सन्दर्भमा प्रकाश पारे ।
उनले समाज विकासमा साहित्यको महत्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगका लागि पुरस्कारको स्थापना गरेको बताए ।
त्यस्तै, संस्थापक परिवारकी सदस्य कवि नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रूपान्तरणको सशक्त हतियार भएकोले नेपाली समाजलाई सकारात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने उद्देश्यले पुरस्कारहरूको स्थापना गरिएको बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने बताए ।
चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, प्रा.डा. हरिहर भण्डारी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंलगायतले दाताप्रति सम्मान व्यक्त गरे ।
गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सो अवसरमा अक्षय कोषका संस्थापकहरू मनमाया दाहाल, मनोहरि पोखरेल, सीताराम पोखरेललगायतलाई सम्मान गरिएको थियो ।
भूषण ढुंगेल, हरि कट्टेल, गोकुल अधिकारी, प्रयाग न्यौपाने, नानुमैया दाहाल, मञ्जु घिमिरे दाहाल, राधा भट्टराई, नवराज पोखरेललगायतले मुक्तक वाचन गरेका थिए ।