प्रधानमन्त्री ओली र देउवाबीच छलफल  

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार १६:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सभापति देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि राजनीतिक महौल तरंगित पारेका बेला उनीहरूबीच छलफल भएको हो ।

ओली र देउवाबीच भएको भेटको विषय पूर्ण रूपमा बाहिरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले २ नेताबीच नियमित भेट मात्रै रहेको जनाएको छ ।

‘गठबन्धनका २ प्रमुख नेताबीच यो नियमित भेट मात्रै हो । यसमा सरकारका कामकारबाही, राष्ट्रिय राजनीति र सरकारले चाल्नुपर्ने कदमबारे आवश्यक छलफल त हुने नै भयो,’ सचिवालयले भन्यो ।

पछिल्लो समय कांग्रेसभित्र सरकारका काम कारबाही र प्रधानमन्त्री ओलीको भूमिकाबारे ठुलो असन्तुष्टि देखिन थालेको छ ।

राजनीतिक संयन्त्रमा बसेर सरकारका कामलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गरिरहेका कांग्रेस महामन्त्री गगन थापा नै खुलेर असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यही बेला दाहालले पनि कांग्रेस सभापति देउवालाई खुला रूपमा प्रधानमन्त्रीको प्रस्ताव राख्दा एमालेभित्र पनि संशयको स्थिति छ ।

उता सभापति देउवा आफ्नो अडानमा अडिग रहिरहेसम्म सरकार तलमाथि नहुने अवस्था पनि छ ।

माओवादी अध्यक्ष दाहालले देउवासँग भेट्नका लागि प्रस्ताव गर्दा उनले अस्वीकार गरेका समाचार पनि बाहिरिइसकेका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.