
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले चरणबद्ध आन्दोलनको तालिका सार्वजनिक गरेको छ ।
वैशाख २१ गतेदेखि विभिन्न किसिमको आन्दोलनको तालिका परिषद्ले सार्वजनिक गरेको हो ।
सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने बताएका छन् ।
त्यस अवधिमा सरकारले माग पूरा नगरे जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख गरेका छन् ।



























