शुभमन गिल बने भारतको टेस्ट क्रिकेटका कप्तान

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ १०, शनिबार १५:३८

काठमाडौं । शुभमन गिल भारतको टेस्ट क्रिकेट टीमको नयाँ कप्तान बनेका छन्। शनिबार मुम्बईमा बसेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को बैठकले गिललाई कप्तान बनाउने निर्णय गरेको हो ।

उनी २५ वर्ष २५८ दिनको उमेरमा भारतीय टेस्ट क्रिकेटको कप्तान बनेका हुन् । यसअघि रोहित शर्मा भारतको टेस्ट टीमको कप्तान थिए । उनले टेस्ट क्रिकेटबाट केही दिनअघि मात्रै सन्यास लिएका थिए । रोहितले सन्यासको घोषणा गरेको केही दिनमै विराट कोहलीले पनि टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

Advertisement

बिसिसिआईले ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिएको छ । २० जुनदेखि सुरु हुने इंग्ल्याण्डसँगको टेस्टका लागि १८ सदस्यीय टोलीको घोषणासमेत गरिएको छ ।

टोलीमा शुभमन गिल (कप्तान), ऋषभ पन्त (उपकप्तान, विकेटकिपर), यशस्वी जायसवाल, केएल राहुल, साई सुदर्शन, करुण नायर, अभिमन्यु ईश्वरन, ध्रव जुरेल (विकेटकिपर), नीतीश रेड्डी, शार्दुल ठाकुर, रवीन्द्र जडेजा, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आकाश दीप, अर्शदीप सिंह र कुलदीप यादव छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.