विराटनगरमा चिनियाँ नागरिकको शंकास्पद गतिविधि

Share this
685shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ जेष्ठ २५, आइतबार १५:३८

विराटनगर । भारतसँग सीमा जोडिएको कोशी प्रदेशको राजधानी विराटनगरमा चिनियाँ नागरिकले केही सयमदेखि शंकास्पद गतिविधि गरिरहेको पाइएको छ ।

विराटनगरमा २ जना चिनियाँ नागरिक करिब २ महिना अघिदेखि बसिरहेको सुरक्षा स्रोतले बतायो । हाल विराटनगर महानगरपालिका–११ स्थित एउटा घरमा डेरा लिएर बसेका छन् । ठाउँ फेर्दै बस्ने गरेको सुरक्षा स्रोतको दाबी छ ।

उनीहरु कुन भिसाका आधारमा र कहिले चीनबाट नेपाल प्रवेश गरेका हुन् भन्ने यकिन छैन । उनीहरुको शंकास्पद गतिविधिका बारेमा जिल्ला सुरक्षा समिति मोरङमा समेत छलफल भएको थियो ।

ती चिनियाँ नागरिकले सुनजस्तो देखिने पहेँलो धातुका गरगहना (सुनका गहना हैनन्) बिक्री गर्ने गरेको पाइएको छ । उनीहरुले विश्वस्त पारेर महिलाहरुलाई सामान बिक्री गर्ने गरेका हुन् । ‘घर–घर पुगेर र टोल–टोल घुमेर सामान बेच्छन् । साप्ताहिक हटियामा पुग्छन् । विशेष गरेर नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रित गरेर सामान बेच्ने गरेको पाइयो,’ स्रोतले भन्यो ।

विराटनगरको जलजला चौकमा एउटा पसल नै सञ्चालन गरिरहेको सूचना सुरक्षा निकायसँग छ । तर, उनीहरुले अनुमति लिएर वा बिना अनुमति व्यापार गरिरहेका हुन् भन्ने बारेमा स्थानीय प्रशासन र अध्यागमन कार्यालयसमेत अनभिज्ञ छन् ।

बिजनेस भिसाका आधारमा प्रवेश गरेर अनुमति लिएका विदेशी नागरिकले मात्रै नेपालमा व्यापार गर्न पाउँछन् । विराटनगरमा शंकास्पद गतिविधि गरिरहेका चिनियाँ नागरिकले भने प्रदेश १–०१–००२ ह ३२६४ नम्बरको सीटी सफारी दैनिक भाडामा लिएर व्यापार गर्ने गरेका हुन् ।

सफारी प्रयोग गरेबापत चालकलाई १ दिनको १ हजार ५ सय रूपैयाँ दिने गरेको पाइएको छ । ‘करिब ३ हप्तादेखि दैनिक सफारी भाडामा लिन्छन् । भाडाबापत १ हजार ५ सय रूपैयाँ दिन्छन् । सबैतिर पुर्याएर गरगहना बेच्छन् । अरु कुरा मलाई थाहा भएन,’ ती सफारी चालकले भने ।

ती चालकका अनुसार उनीहरुले विभिन्न ठाउँमा पुगेर दैनिक ४–५ हजार रूपैयाँ बराबरको सामान बिक्री गर्ने गरेका छन् । तर, सोधीखोजी गर्दा चिनियाँ नागरिकले भिसा र व्यापारका लागि अनुमति लिएको प्रमाणसमेत देखाउन नसकेको पत्रकार सोनुकुमार दासले बताए । उनका अनुसार चिनियाँ उल्टै तर्किएर हिँडे । जसका कारण उनीहरुको गतिविधि शंकास्पद देखिएको हो ।

विराटनगर छिरेर नेपाल–भारत सीमा क्षेत्र केन्द्रित व्यापारमा उनीहरु सक्रिय हुँदा पनि राज्यका निकायसँग उनीहरुका बारेमा कुनै ‘रेकर्ड’ छैन । चिनियाँहरुले अध्यागमन कानुनको उल्लंघन गरेको हुनसक्ने आशंका छ । भिजिट भिसामा नेपाल छिरेर उनीहरुले व्यापार गरिरहेको हुनसक्ने सुरक्षा स्रोतको भनाइ छ ।

‘नेपालले कानुन कार्यान्वयन गर्न नसकेजस्तो देखिन्छ । अध्यागमन कानुनको उल्लंघन गरेको हुनसक्छ । कतिपय विदेशीहरु भिजिट भिसामा नेपाल छिरेर व्यापार गर्ने गर्छन् । व्यापार गर्ने नाममा चिनियाँहरु भारतसँग सीमा जोडिएका क्षेत्रतर्फ केन्द्रित हुनु शंकास्पद हो । भारत–चीन द्वन्द्व छ । उनीहरुका गतिविधिले सुरक्षा संवेदनशीलता बढाउने देखिन्छ,’ १ सुरक्षा अधिकारीले भने । उनीहरु सीमा क्षेत्रमा निर्वाध घुमफिर गरिरहेका छन् ।

‘नेपालमा भन्दा चीनमा व्यापारको सम्भावना र अवसर राम्रो छ । त्यहाँमाथि पहेँलो धातुका सामान बेचेर कति नै कमाइ हुन्छ र ? व्यापार गरेजस्तो देखाएर अरु नै योजना पूरा गर्ने उद्देश्य छ कि भनेर आशंका गर्ने पर्याप्त आधारहरु छन्,’ सुरक्षा स्रोतले भन्यो । स्रोतका अनुसार सीमा क्षेत्रमा चिनियाँको शंकास्पद गतिविधिका कारण छिमेकी मुलुक भारतले नेपाललाई शंकाको दृष्टिले हेर्न सक्छ ।

अध्यागमन कार्यालय विराटनगरका प्रमुख भक्तबहादुर राजवंशी चिनियाँ नागरिक कसरी विराटनगर प्रवेश गरेका हुन् भनेर यकिन नभएको बताउँछन् । उनका अनुुसार पर्यटक, विवाह (नेपाली नागरिकले विदेशीसँग बिहे गरेमा) र फेमिली भिसाको म्याद थप गर्ने अधिकार मात्रै विराटनगरको अध्यागमनलाई छ ।

भिसा भने अध्यागमन विभागमार्फत नै जारी हुने राजवंशीले बताए । ‘हामीले भिसा दिने हैन । म्याद मात्रै थप्ने हो । भिसाको म्याद थपका लागि तत्काल चिनियाँ नागरिक आएका छैनन्,’ उनी भन्छन् । उनका अनुसार पर्यटक भिसामा १ सय ५० दिनसम्म बस्ने अनुमति दिन सकिन्छ ।

विवाह भिसाको समय अलि लामै हुन्छ । फेमिली भिसामा १ वर्षसम्म बस्ने अनुमति दिन सकिने र त्यसपछि समय थप गर्दै लैजाने व्यवस्था रहेको उनले बताए । राजवंशीका अनुसार बिजनेस भिसा र वर्किङ भिसाको म्याद थप गर्ने अधिकार विराटनगरको अध्यागमनलाई छैन ।

‘अध्यागमन विभाग र श्रम मन्त्रालयबाटै सबै काम हुन्छ,’ उनले भने । विराटनगरमा चिनियाँ नागरिकको गतिविधि हेर्दा अलि शंकास्पद नै देखिएको अध्यागमन प्रमुख राजवंशीको भनाइ छ । अवैध तरिकाले बसेको र भिसाको दुरुपयोग भइरहेको रहेछ भने प्रहरीले अनुसन्धान गर्नुपर्ने उनले बताए ।

‘अहिले केही जानकारी छैन । तर, खोजतलास र अनुसन्धान गरेपछि सबै कुरा थाहा हुन्छ । अवैध तरिकाले बसेको र गतिविधि गरेको पाइयो भने ‘डिपोर्ट’ गर्ने प्रक्रिया अघि बढाउँछौं । कानुनी कारबाहीका लागि विभागमा पठाउँछौं,’ उनी भन्छन् । तर, यस विषयमा सत्यतथ्य पत्ता लगाउने जिम्मा प्रहरीकै हुने बताए ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले चिनियाँ नागरिकका विषयमा बुझ्नका लागि प्रहरी टोली परिचालन गरिएको बताए । ‘हामी वास्तविकता बुझ्दैछौं । अवैध तरिकाले बसोबास गरिरहेको पाइयो भने नियन्त्रणमा लिएर अध्यागमनलाई बुझाउँछौं,’ उनी भन्छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चिनियाँ नागरिकका बारेमा बुझ्ने काम भइरहेको बताए । ‘उनीहरुको बसाइ र व्यापार वैधानिक हो कि हैन भनेर बुझ्ने काम भइरहेको छ । त्यसपछि मात्रै वास्तविकता बताउन सकिन्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×