
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार काठमाडौंको गौरीघाट पुगेर छठ पूजामा सहभागी भएका छन् ।
पशुपति क्षेत्रस्थित गौरीघाटमा आयोजित छठ पूजामा प्रथम महिला सविता पौडेलसहित पुगेका राष्ट्रपति पौडेलले छठी माताको विधिपूर्वक पूजाआराधना गर्नुका साथै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् ।
राष्ट्रपति पौडेल गौरीघाट पुग्दा सांसद विष्णुदेवी पुडासैनी, सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा छठ पूजा आयोजक समितिका पदाधिकारीले स्वागत गरेका थिए । छठ पर्वको मुख्य विधिअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

























