
विराटनगर । नेपालले एएफसी एसिया कप छनोटको तेस्रो चरणमा मंगलबार लाओससँग खेल्दैछ ।
यो खेल लाओसको राजधानी भ्यालेन्टाइनस्थित लाओ नेसनल रंगशालामा साँझ पौने ६ बजेबाट सुरु हुनेछ ।
तेस्रो चरणको छनोटमा नेपालको यो दोस्रो खेल हो । यसअघि नेपाल मलेसियाविरुद्ध पराजित भएको थियो ।
नेपाल र लाओसबीच अहिलेसम्म ६ खेल भएको छ । त्यसमध्ये नेपाल चारमा विजयी छ भने दुईमा बराबरी । त्यसमध्ये एक जित टाइब्रेकरमा पाएको हो ।



















