गाँजामा ८१ जनाको मृत्यु, ४०० घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १५, आइतबार ०९:२०

काठमाडौं । इजरायली हवाई आक्रमणमा परी गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ । ४०० जना घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यो पछिल्लो २४ घण्टाको रिपोर्ट हो ।

गाजा सहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाको दबाबले युद्धविराम सम्झौता हुन सक्ने कतारी मध्यस्थकर्ताहरूले आशा व्यक्त गरेका छन्।

यसअघि मार्च महिनामा इजरायलले गाजामा पुनः आक्रमण गरेपछि दुई महिनाको युद्धविराम विफल भएको थियो । १९ जनवरीदेखि सुरु भएको उक्त युद्धविराम सम्झौता तीन चरणमा लागू हुने भनिएको थियो, तर पहिलो चरण पार गर्नै नसकी सम्झौता टुटेको थियो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.