मस्कोमा ड्रोन हमला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १३:०२

एजेन्सी । रूसको राजधानी मस्कोतर्फ लक्षित गरेर ५९ वटा ड्रोन हमला गरिएको छ । ड्रोन हमलापछि पछि सोमबार केही समयका लागि त्यहाँका चार प्रमुख विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोनलाई रूसी वायु प्रतिरक्षा प्रणालीले नष्ट गरेको जानकारी दिएका छन् । उनले ड्रोन कहाँबाट प्रक्षेपण गरिएको थियो भन्ने विषयमा भने कुनै स्पष्ट विवरण सार्वजनिक गरेका छैनन् ।

Advertisement

रूस र युक्रेनबीचको युद्ध जारी रहेका बेला पछिल्ला महिनाहरूमा युक्रेनले रूसी भू–भागभित्र ड्रोन आक्रमणलाई तीव्र बनाउँदै आएको छ । रूसले भने निरन्तर युक्रेनी सहरहरूमा मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ ।

सुरक्षालाई ध्यानमा राख्दै रूसी उड्डयन अधिकारीहरूले मस्कोका चारवटै प्रमुख विमानस्थल अस्थायी रूपमा बन्द गरेका थिए । अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार बिहान ५ः३९ बजे विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ ।

ड्रोन अवशेषका कारण कुनै ठूलो क्षति वा मानवीय हताहती भएको विषयमा भने तत्काल कुनै विवरण सार्वजनिक गरिएको छैन ।

तपाइको प्रतिक्रिया
सुकुम्वासीलाई ५ दिनभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन  
हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
‘मतभेद सडकमा होइन, छलफलमै टुंग्याउनुपर्छ’
महाधिवेशन लम्बिँदा रास्वपाको नयाँ निर्णय : प्रतिनिधिबाट शुल्क नलिइने, बुझाएकाले फिर्ता पाउने
रास्वपा महाधिवेशनको बन्दसत्र : बालेन नआउँदा चासो, रविले गराए प्रतिनिधिलाई सचेत
झापा पुगेर थापाले भने : सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन
सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका प्रतिनिधिकाे नाम काटियाे
विष्णु पाैडेललाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
रास्वपा महाधिवेशन : बल्ल प्रतिनिधिकाे टुङ्गो, बन्दसत्र अझै लम्बियाे
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.