काठमाडौं । भारत तेलंगानाको संगारेड्डी जिल्लामा रहेको रासायनिक कारखानामा विस्फोटमा परेर मृत्यु हुनेको संख्या ३४ पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार विस्फोट हुँदा ज्यान गुमाएका ३१ जनाको शव कारखानाबाट निकालिएको थियो । उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो । घटनामा परेर कम्तीमा ३० जना घाइते भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । मृतक र घाइते हुनेको संख्या बढ्नसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।