उपाधिका लागि सिंगापुरसँग खेल्दै नेपाल

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २१, शनिबार ०६:५६

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र सिंगापुरबीचको फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको छ ।

Advertisement

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो । सिंगापुरले हङकङलाई हराएको थियो ।  तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि आज प्रतिस्पर्धा हुँदैछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.