मेलबर्न स्टार्ससँग खेल्दै नेपाल

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २, सोमबार ०६:४३

काठमाडौं  । अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ ।

नेपाली समयअनुसार सोमबार बिहान ७:१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् ।

नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हारेकाे थियाे । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो । मेलबर्न स्टार्सले भने दुई खेलमा एक हार र एक जित निकालेको छ। पहिलो खेलमा मेलबर्न रेनेगेड्ससँग ४ रनले पराजित भएको स्टार्सले दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गरेका थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.