विराटनगरकाे गुरुकुलमा ‘एक चिहान’को मञ्चन सुरू

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र १२, बिहीबार ११:०८

विराटनगर/। आरोहण गुरुकुल, विराटनगरमा हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित नाटक एक चिहानको मञ्चन शुरु भएको छ।

नाटकले नेपाली समाजमा जरा गाडी बसेका संस्कारगत अन्धता र धार्मिक रूढिहरूलाई छोड्दै सामाजिक परिवर्तनको प्रगतिशील र प्रगतिवादी मार्ग अवलम्बन गर्नुपर्ने मान्यता प्रस्तुत गरेको छ ।

मानवीय मूल्यबोधका साथ सामाजिक चेतनाको समसामायिक प्रतिनिधित्व गरेको छ ।

दिपेश भण्डारीको परिकल्पना र निर्देशनमा तयार गरिएको नाटकमा महेश पासवान, सङ्गीता यादव, उद्धव सापकोटा, दिक्षा चौधरी, गौरव खतिवडा, उपासना राई, शिवराज भुजेल, भरत कार्की, प्रदीप दाहाल, अमिशा वाग्ले, दिव्यङ्का खड्का, सागर घिमिरे, निशान चौहान राई लगायतले अभिनय गरेका छन् भने मञ्च निर्माण विकास पराजुली, ध्वनी परिचालन राज श्रेष्ठ र प्रकाश परिचालन दिपेश भण्डारीले गरेका छन् ।

विद्यार्थीहरूलाई अध्ययन सहयोग पुग्ने उद्देश्य सहित माध्यमिक तहको अनिवार्य नेपालीको पाठ्यक्रममा रहेको उपन्यासलाई नाट्य रुपान्तरण गरी नाटक मञ्चन गरिएको कार्यक्रम संयोजक देवेन्द्र यादवले बताए ।

भदौ ११ गतेदेखि शुरु भएको नाटक भदौ २७ गतेसम्म मञ्चन हुनेछ ।

नाटकलाई साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) ले प्रवर्द्धन गरेको छ भने विराट किचन, बगैँचा रेस्टुरेन्ट र किताब पसलले सहयोग गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×