
काठमाडौं । ४१ वर्षअघि सुरु भएको एसिया कपको इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । खेल आज हुनेछ ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने उपाधि भिडन्तमा दुई चिरप्रतिद्वन्द्वी आमनेसामने हुनेछन् ।
भारतले ८ पटक एसिया कपको ट्रफी आफ्नो नाममा गरेको छ । पाकिस्तानले २ पटक उपाधि जितेको छ ।

























