
काठमाडौं । अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेकाे छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ ‘विकेट’ले पराजत गरेकाे हाे ।
यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन ‘रन’ले पराजित भएको थियो ।
आज मलेसियाले जितका लागि दिएको ९२ रनको लक्ष्य पच्छ्याएको नेपालले १६.२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

























