
काठमाडौं । ओमानमा जारी आईसीसी टी– २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले आज कतारसँग खेल्दै छ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ ।
नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराइसकेको छ । नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल अपराजित यात्रा कायमै राख्ने सोचमा हुनेछ ।
कतारले भने पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । सुपर सिक्समा अंकबिहीन अवस्था रहेकाे कतारलाई जितको आवश्यकता छ ।
नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि कतारसँग खेलेको थियो जहाँ १६ रनले विजयी भएको थियो ।
टी– २०आई क्रिकेटमा यी दुई टोली हालसम्म ३ पटक भिडेका छन् । जहाँ नेपालले २ खेल जित्दा कतारले १ खेल जितेको छ ।
नेपालले बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।



















