अर्किड र सप्तकोशी अस्पतालबीच सम्झौता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १८:३४
अर्किड र सप्तकोशी अस्पतालबीच सम्झौता

विराटनगर । विराटनगरको अर्किड पब्लिक मावि (अर्किड स्कुल) र सप्तकोशी अस्पतालबीच बिहीबार उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ । स्कुलमा एक कार्यक्रमकाबीच दुवै संस्थाबीच ‘स्वास्थ उपचार सहकार्य’ विषयमा सम्झौता भएको हो ।

कार्यक्रमका प्रमुख  अतिथिसमेत रहेका सप्तकोशी अस्पतालका अध्यक्ष डा. नारायण बस्नेत र स्कुलका प्रिन्सिपल मनिष भट्टराईले ‘स्वास्थ उपचार सहकार्य’ को सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बोल्दै डा. बस्नेतले सबै जना समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने उद्देश्यले विद्यालयसँग उपचारका लागि सहकार्य गरेको बताए । उनले रोग लाग्नुभन्दा पहिले रोग लाग्न नदिनु राम्रो भएको बताउँदै, त्यसका लागि नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको प्रस्ट्याए ।

विद्यालयमा आएर स्वास्थ उपचार सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै, डा. बस्नेतले भने, ‘यस सम्झौताले विद्यार्थीलाई मात्रै नभई उनीहरूका अभिभावक, विद्यालयका कर्मचारी, शिक्षकलगायत विद्यालय परिवारका सदस्यलाई उपचारमा विशेष सहुलियत हुनेछ । सबै जनाले अस्पतालसँगको सम्झौता अनुसारको सेवा उपभोग गर्न सबैलाई आग्रह गर्छु ।’

त्यस अवसरमा स्कुलका निर्देशक दिपेश बास्तोला, प्रिन्सिपल मनिष भट्टराई, स्कुलका सदस्य डा. राजन दत्त, ओम यादव, अस्पतालका प्रशासन प्रमुख विमल नेपाललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.