
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको हाताभित्र ८६ वटा बम फेला परेकाे छ ।
कार्यालय परिसरमा प्रशिक्षण भवनको जग खन्ने क्रममा ठूलो परिमाणमा यी विस्फोटक पदार्थ फेला परेकाे हाे । ति बम शनिबार नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
प्रहरीका अनुसार फेला परेका बमहरूमध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एउटा बोतल बम थिए ।
जग खन्ने क्रममा बम फेला परेपछि थप उत्खनन गर्दा ७ थान रेडियो वेभ, ५०० ग्राम एक्सप्लोसिभ, बम बनाउन प्रयोग हुने २ किलो कच्चा पदार्थ र १० मिटर फाइरिङ केबल समेत फेला परेको थियो ।
विस्फोटक पदार्थ भेटिए लगत्तै नेपाली सेनाको सिद्धीबक्स गण सिमखर्क र कालीभक्ती गण भैरहवाबाट खटिएको प्राविधिक टोलीले ती सबै बमलाई सुरक्षित रूपमा निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए ।
ती बमहरू सशस्त्र द्वन्द्वकालमा बरामद गरी बंकरमा राखिएको र पछि समयक्रममा पुरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।



















