एसइई कप: मोर्डन एरा र मोरङ पब्लिक सेमिफाइनलमा

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार २०:०५
‘मिल्स फार्क क्लब एसइई अन्तर विद्यालय’ फुटबल

विराटनगर । विराटनगरमा जारी ‘मिल्स फार्क क्लब एसइई अन्तर विद्यालय’ फुटबल प्रतियोगितामा विराटनगरको मोर्डन एरा स्कुल र बुढीगंगाको मोरङ पब्लिक स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विराटनगरको मिल्स फार्क क्लबले जुट मिलको खेल मैदान आयोजना गरेको प्रतियोगिताको पहिलो दिनको खेलहरूमा जित निकाल्दै मोर्डन एरा र पब्लिक स्कुल सेमिफाइनलमा पुगेका हुन् ।

पहिलो खेलमा मोरङ पब्लिक स्कुलले विराटनगरको ग्रेडेड स्कुललाई ४–० को फराकिलो गोल अन्तरमा हरायो । मोरङ पब्लिकका पदम दोर्जे तामाङले २ गोल गरे भने आयुष विश्वास र प्रज्ज्वल चौधरीले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए ।

त्यस्तै, दोस्रो खेलमा मोर्डन एराले ग्रामथानको शारदा स्कुललाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्‍यो । मोर्डन एराका लागि सुशान्त रोइलाले निर्णायक गोल गरे । खेलको ‘प्लेयर अफ द म्याच’ सुशान्त नै घोषित भए ।

प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल विराटनगरको एभरेस्ट स्कुल र अपर्ण स्कुलबीच तथा दोस्रो खेल गोदावरी र सनसाइन स्कुलबीच हुने आयोजकले जनाएको छ । वैशाख २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३१ हजार र उपविजेताले १६ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन विराटनगर १५ नम्बरका वडाध्यक्ष प्रकाश साह, विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाही, प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल, मिल्स फार्क क्लब रानीका अध्यक्ष धनबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×