
विराटनगर । कान्तिपुर कलेज विराटनगरले एबीबीएसमा पूर्ण छात्रवृत्ति पाएका राजनारायण महतोलाई नगद १ लाख १ हजार रुपैयाँसहित सम्मानित गरेको छ ।
एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा ३९ औँ नम्बर र बीडीएसमा दोस्रो स्थानमा नाम निकालेका महतोले कक्षा १२ को परीक्षामा ३.९६ जिपीएसहित नेपाल टप भएका थिए । कक्षा १२ मा ३.९६ जिपिएभन्दा बढी अंक कसैले पनि ल्याएका थिएनन् ।
एमबीबीएसको प्रवेश परीक्षामा कोशी प्रदेशमा नियमिततर्फ कान्तिपुर प्रथम भएको कलेजले जनाएको छ । करिब १८ हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका मध्ये महतो ३९ औँ भएका थिए ।
कलेजका निर्देशक विष्णु दाहालले एमबीबीएसमा कोशी प्रदेशमै पहिलो स्थान हासिल गरिएको जानकारी दिए । उनले भने, ‘एमबीबीएसमा नियमिततर्फ कोशीकै पहिलो स्थान हाम्रो हो । नियमितमा कोशी प्रदेशबाट कसैले पनि यो स्थान ल्याएका छैनन् ।’
कान्तिपुर कलेजका महतोसहित करुणाकुमारी साह र प्रिन्सन श्रेष्ठले एमबीबीएसको प्रवेश परीक्षामा छात्रवृत्ति पाएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।
गुणस्तरीय शिक्षा दिँदै आएको कान्तिपुर एजुकेसन फाउन्डेसनले ‘प्ले ग्रुपदेखि पोष्ट ग्राजुएट’ ( पीजी टु पीजी) सम्मको शिक्षा दिने लक्ष्य रहेको नेपालले बताए ।
कलेजले ३१२ जना विद्यार्थीलाई छात्रवृत्तिमा पठनपाठन गराउँदै आएको छ । १ सय खेलाडी, १ सय महानगरपालिकाअन्तर्गत छात्रवृत्ति प्राप्त गरेको र अन्य उत्कृष्ट अंक ल्याउने, गरिब तथा जेहेनदार, द्वन्द्व पीडितलगायतले छात्रवृत्तिमा अध्ययन गरिरहेको उनले बताए ।
फाउन्डेसनका अध्यक्ष खुसीराज श्रेष्ठले २०८२ मा स्कुल, कलेजतर्फ उत्कृष्ट नतिजा दिइएको बताए । एईईमा ४.० जिपिए, कक्षा १२ मा बोर्ड प्रथम, मेडिकल, इन्जिनियरिङमा राम्रो उपलब्धि हासिल गर्न सफल भएको उनले सुनाए ।

सो अवसरमा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने १२ जना र कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने १८ जना विद्यार्थीलाई कलेजले सम्मान गरेको छ ।
कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान संकायतर्फ प्रथम प्रियंका चौधरी, दोस्रो अविशा लिम्बू, तेस्रो समृद्धि अधिकारी र सुजल अधिकारी, व्यवस्थापन संकायतर्फ प्रथम नितिशकुमार मण्डल, दोस्रो रुचि साह, तेस्रो जोशिका कार्की र योगेश मगर, होटल व्यवस्थापन संकायतर्फ करुण ढुंगाना प्रथम, दीपेश लुइँटेल केसी दोस्रो र कौशल पौडेल र प्रज्ज्वल मंग्रान्ती तेस्रो हुँदै सम्मानित भए ।
विद्यार्थी सम्मान तथा पुरस्कार वितरणका कार्यक्रमको अवसरमा अवसरमा कार्यालय सहयोगी सीता कार्कीलाई पनि कलेजले नगद १५ हजार र सम्मानपत्रका साथ बिदाइ गरिएको थियो ।

























