
काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार दिउँसोसम्म तराई भेगका आधा दर्जन विमानस्थलहरू बन्द भएका छन् ।
बुद्ध एयरका अनुसार बाक्लो हुस्सुले गर्दा भिजिविलिटी नपुग्दा जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन ।
विमानस्थलहरू बन्द हुँदा हजारौँ यात्रुहरू अलपत्र परेका छन्। यही मौसमका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने प्रहरीको तयारी समेत प्रभावित भएको छ ।
भैरहवामा जहाज उड्न नसकेपछि उनलाई चितवनको भरतपुर विमानस्थलतर्फ लगिएको छ ।























