जेनजी आन्दोलनको मुद्दा समेटिएको चलचित्र ‘बिगुल’ माघ ९ गतेदेखि 

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २४, बिहीबार १७:०७

बिर्तामोड । जेनजी पुस्ताको विद्रोह र सामाजिक परिवर्तनको मुद्दालाई विषयवस्तु बनाइएको नेपाली चलचित्र ‘बिगुल’ आगामी माघ ९ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने भएको छ। चलचित्र निर्माण टोलीले बिहीबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको प्रदर्शन मिति, ट्रेलर र फस्र्टलुक पोस्टर सार्वजनिक गरेको हो।

बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा निर्माण पक्षले चलचित्रको कथावस्तु गत भदौमा भएको जेन्जी युवाहरूको देशव्यापी आन्दोलनसँग मेल खाने बताएको छ। निर्माता तथा लेखक दिनेश कोइरालाले कथा लेख्दा उठाइएका मुद्दाहरू पछि युवाहरूले सडकमा उठाएका मागसँग ठ्याक्कै मेल खानु एक सुखद संयोग भएको उल्लेख गरे। चलचित्रले विशेषगरी युवा र महिलामा चेतना जागृत गर्दै भ्रष्टाचार र विकृति उन्मूलनका लागि आवाज बुलन्द गर्ने प्रयास गरेको उनले जानकारी दिए।

रमेश कोइरालाको निर्देशनमा तयार भएको यस चलचित्रमा पारिवारिक पृष्ठभूमि, सामाजिक न्याय र भुइँमान्छेहरूको संघर्षलाई प्रस्तुत गरिएको छ। म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी र शिशिर वाङ्देल जस्ता दिग्गज कलाकारहरूको मुख्य अभिनय रहेको छ।

प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको यस चलचित्रमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ। सार्वजनिक गरिएको तीन मिनेट पाँच सेकेन्ड लामो ट्रेलरले राजनीति, परिवर्तन र न्यायका लागि हुने संघर्षलाई सशक्त ढंगले देखाएको छ।

पत्रकार सम्मेलनमा नेपाल जेसीजका पूर्व अध्यक्ष फूलकुमार लालवानी, वीरता जेसीजका पदाधिकारीहरू र स्थानीय व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। चलचित्रलाई काठमाडौँ उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्ने तयारी गरेका छन्।

तपाइको प्रतिक्रिया
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×