मोरङको ग्रामथानमा जुवाको खालबाट ४ जना पक्राउ

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार ११:२०

मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा प्रहरीले कौडा खेलिरहेको अवस्थामा ४ जनालाई नगद र कौडासहित नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा खटिएको टोलीले ग्रामथान–४ स्थित जुरीखोला छेउको बाँसझ्याङमा छापामारी उनीहरूलाई पक्राउ गरेको हो। शनिबार साँझ करिब ६ बजेको समयमा हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरी पुगेको थियो।

बरामद सामान र पक्राउ पर्नेहरू प्रहरीले जुवाको खालबाट ३ लाख १३ हजार रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको छ। पक्राउ पर्नेहरूमा जय किशोर साह (५७ वर्ष), इटहरी–९, हेमन्त राई (५६ वर्ष), हतुवागढी–३, भोजपुर (हाल धरान निवासी), सोनलाल राजवंशी (४२ वर्ष), कटहरी–१, इन्द्र आचार्य (४७ वर्ष) सुन्दरहरैचा–५, मोरङ छन्।

पक्राउ परेका व्यक्तिहरूलाई बरामद रकम र कौडासहित इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध जुवा ऐन अन्तर्गत कानुनी कारबाही अगाडि बढाइनेछ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.