प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार ०९:२०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई राजकीय भ्रमणका रूपमा आयोजना गर्ने तयारी भारतले गरेको छ । भारतले भ्रमणलाई उच्च महत्त्व दिँदै राजकीय सम्मान दिने तयारी गरेको हो ।

प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत जाने र मंसिर ७ गते स्वदेश फर्कने तयारी छ । यद्यपि, दुवै देशले भ्रमणको औपचारिक मिति सार्वजनिक गरिसकेका छैनन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार एक–दुई दिनभित्रै भ्रमणको मिति औपचारिक रूपमा घोषणा गर्ने तयारी भइरहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा चार मन्त्री सहभागी हुने भएका छन्। टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल रहने तय भएको छ ।

भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.