कास्कीमा फिर्ता भएन रविविरुद्धकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ४, सोमबार १९:१५

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ताकाे प्रक्रिया अघि बढाउन अस्विकार गरेकाे छ ।

सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो ।

Advertisement

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । साेही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो । यसमाथि सुनुवाइ गर्दै यस सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट निर्णय भएपछि मात्रै निर्णय हुने जिल्ला अदालतले आदेश गरेको हो । मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा परेकाे रिट विचाराधीन छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.