एभरेस्ट स्कुल महानगर स्तरीय हाजिरीजबाफमा प्रथम

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ६, बुधबार १९:१३
एभरेस्ट स्कुल महानगर स्तरीय हाजिरीजबाफमा प्रथम

विराटनगर । विराटनगरमा भएको महानगर स्तरीय हाजिरीजबाफ प्रतियोगिता एभरेस्ट स्कुल प्रथम भएको छ ।
विराटनगर महानगरपालिका र बाल मन्दिर आधारभूत विद्यालयले आयोजना गरेको प्रतियोगितामा एभरेस्ट प्रथम हुँदै नगद २१ हजार र ट्रफी प्राप्त गर्‍यो ।

आदर्श मावि दोस्रो  र मदन नगर आधारभूत विद्यालय तेस्रो भयो । उनीहरूले क्रमशः  १५ हजार र १२ हजार रुपैयाँ प्राप्त गरे । हाजिरीजबाफ प्रतियोगितामा महानगरभित्रका निजी तथा सामुदायिक गरी ६० वटा विद्यालयको सहभागिता रहेको थियो ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.