घट्यो सुनको मूल्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ६, बुधबार १०:४५

काठमाडौं। नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ। मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ४ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ तोकिएको छ।

Advertisement

सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ। यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ८४ रुपैयाँ निर्धारण गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.