सुधारको ग्यारेन्टीसहित उभिएका छौँ : थापा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ६, बुधबार १४:५२

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले ठूलो सुधारको खाँचो रहेको र आफूहरू त्यसको स्पष्ट ग्यारेन्टी लिएर उभिएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अबको पाँच वर्ष खेर नफाल्ने गरी विशेष संकल्प र योजनाका साथ अघि बढ्ने तयारी भइरहेको जानकारी दिए। नागरिक तह र विशेषगरी युवा पुस्तामा बढ्दै गएको असन्तोषलाई सम्बोधन गर्दै उनले देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको स्वीकार गरे।

देशले विगतको १०-१२ वर्षमा जुन गतिमा विकास गर्नुपर्ने थियो, त्यो हुन नसकेको थापाको भनाइ छ। उनले यस कमजोरीमा आफ्नो दलको पनि हिस्सा रहेको स्वीकार गर्दै अबको समय खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। उनले देश परिवर्तनका लागि केवल आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने तर्क गर्दै सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

Advertisement

कुनै एक शक्ति मात्र असल र बाँकी सबै खराब भन्ने सोचेर देश नबन्ने ठोकुवा गर्दै थापाले एमाले, माओवादी, रास्वपा र जसपासहित सबै दलको आफ्नै भूमिका र स्थान रहेको उल्लेख गरे। विचारमा विमति र चुनावी प्रतिस्पर्धा भए पनि देश निर्माणका लागि सबैलाई समेटेर लैजाने जिम्मेवारी नेपाली कांग्रेसले पूरा गर्ने दाबी उनले गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.