झापामा नवजात शिशु मृत फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ६, बुधबार १४:५६

झापा । झापाको मेचीनगर नगरपालिका-२ स्थित भृकुटी चोकमा नवजात शिशु मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान ९ बजेको समयमा स्थानीय दीपक बरालको खाली जग्गामा करिब ३ महिनाको जस्तो देखिने बेवारिसे शिशु फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको शिशुको सालनाल समेत नछुटिएको र लिङ्ग पहिचान हुन नसकेको अवस्थामा रहेको बताइएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया र मुचुल्का सम्पन्न गरेको छ।

Advertisement

शिशुको शवलाई पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। यो घटना कसरी भयो र शिशुलाई त्यहाँ कसले छाड्यो भन्नेबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.